मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अध्यक्ष ओली आज राैतहट जानुहुँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली आज बिहान राैतहट जाँदै हुनुहुन्छ । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लाग्नुभएको हो ।

मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरिएको थियो ।

मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।

महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : ५२ बजे