मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्नुहुने

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ 

अध्यक्ष ओलीले देशको बर्तमान राजनीतिक परिस्थिती, एमसीसी लगायत समसामयिक विषयका बारेमा आज पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

नेकपा एमालेका प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले आज दिउसो १ बजे रोयल व्याँक्वेट तीनकुनेमा पत्रकार सम्मेलन गर्नुहुने बताउनुभएको छ ।

हिजो प्रेस विज्ञप्ती मार्फत पार्टीका धारणा सार्वजनिक गर्ने अध्यक्ष ओलीको तयारी थियो तर त्यसलाई स्थगित गर्दै आज पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : ४५ बजे