सुनको मूल्यमा नयाँ कीर्तिमान

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ 

भक्तपुर – मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ ।

रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो ।

परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ८ : २१ बजे