दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयरबजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं – सेयरबजार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक आज ४३.१० अङ्कले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ। 

सोमबार सेयरबजारमा कुल १९१ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री भएको थियो भने ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १८३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७ कम्पनीको सेयर मूल्य बढेको छ र एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज नेप्सेका १३ उपसमूहमा गिरावट आएको छ । जसमा सबै भन्दा बढी जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

सोमबार सबैभन्दा बढी गुमाउनेमा तेह्रथुम पावर कम्पनी रहेको छ भने सबैभन्दा बढी कमाउनेमा एन आई सी एसिया डीबेन्चर ८२/८३ रहेको छ ।

त्यस्तै आज कारोबार रकमका आधारमा अपि पावर कम्पनी १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ३३ बजे