मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

फुट्यो पाँच दलीय सत्ता गठबन्धन

काठमाडौं – ​​​​​​​पाँचदलीय गठबन्धनबाट आफू अलग भएको राष्ट्रिय जनमोर्चाले घोषणा गरेको छ ।

सोमबार बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकबाट आफुहरु गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । यससँगै पाँच दलीय सत्ता गठबन्धन विभाजित भएको छ ।

एमसीसीलाई संसदबाट पारित गराउन सत्ता गठबन्धनले गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको भन्दै गठबन्धनबाट अलग हुने बैठकले निर्णय गरेको छ ।

बैठकपछि जनमोर्चाले भन्यो , ‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको भत्सर्ना गर्नु भएको छ । उहाँले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रुपमा गम्भीर क्षति पु¥याउने जिकिर समेत गर्नुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ०० बजे