दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य  आज प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : ५९ बजे