डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

माधव नेपाल एमसीसीको पक्षमा लागेपछि समाजावादीमा पहिरो जान सुरु

काठमाडौं –  नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधव कुमार नेपाल एमसीसीको पक्षमा लागेपछि नेकपा समाजवादीमा पहिरो जान सुरु भएको छ ।

आइतबार संसद भवनमा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत दिएपछि झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादीबाट अलग भएको घोषणा गर्नुभएको छ । नेकपा (एस) झापाका  प्रभावशाली नेता पौडेलले पार्टीनै एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

आज विहान सामाजिक सञ्जाल मार्फत नेता पौडेलले नेकपा एसबाट अलग भएको घोषणा गर्नुभएको छ । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग गर्ने बताउदै आउनुभएको थियो ।

झापा जिल्लामा नेकपा एसको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका पौडेलले पार्टी परित्याग गरेसँगै उहाँ लगायत पार्टीका अन्य सहकर्मीहरु पनि पार्टी परित्याग गर्ने मोडमा पुगेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : ५७ बजे