सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद् भवनअगाडि शङ्कास्पद वस्तु भेटियो

काठमाडौँ । बानेश्वरस्थित संसद् भवनअगाडि शङ्कास्पद वस्तु भेटिएको छ । 

संसद् भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा  ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएको हो । 

अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । त्यो वस्तु बम भए र नभएको पहिचान गरी डिस्पोज गर्न सेनाको विशेष टोलीलाई खबर गरिएको प्रहरी बताएको छ । 

शङ्कास्पद वस्तु भेटिएसँगै   ​​​​​​​ मुख्य सडक अहिले  बन्द गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : ३२ बजे