पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय

काठमाडौँ ।  नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय बनेको छ । 

आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि आजबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सफा रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने आङ्कलन गरिएको छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मङ्गलवार पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आङ्कलन गरिएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : २३ बजे