डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसीसीको मतदानमा झलनाथ खनाल सहभागी नहुने

काठमाडौं – एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ ।

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन् । उनले मतदान प्रकृयामा आफू सहभागी नहुने बताएका छन् । 

 आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित  पारित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ३४ बजे