काभ्रेको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन

काभ्रेपलाञ्चोक।  बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् । 

पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।  

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ । 

पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ३५ बजे