थप १११ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं – नेपालमा थप १११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० नमुना परीक्षण गर्दा १११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप ४१५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३५ पुगेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ४८ बजे