डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ? 

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । 

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’ 

आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले । 
 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ३६ बजे