एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : डा. भीमबहादुर रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित गर्नेहरुलाई राष्ट्रका गद्दारहरुको शंज्ञा दिनुभएको छ । उहाँले एमसीसी संझौता पास भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताउनुभएको छ ।  

प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं  रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गर्नुभयो ।

उहाँले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताउनुभयो  । ‘रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै  भएको बताउनुभयो । एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने रापलले बताउनुभयो । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ३२ बजे