डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक : ब्याक होला त माओवादी ?

काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको छ । 

माओवादी केन्द्रका अध्यक्षको बोलीमा कुनै ठेगान नभएका कारण उनी अझै अर्को मुभमा जानसक्लानकी भनेर अहिलेको बैठकलाई चासोका साथ हेरिएको छ । 
 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : ३० बजे