एमालेलाई घेर्ने योजना सफल हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । 

बुढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिवार उद्घाटन गर्दै उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो ।

उहाँले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो । 

प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख उद्धव खरेलले ।स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरूले जनताका पक्षमा धेरै काम गरेको जनाउनुभयो ।   

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ०९ बजे