मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।                             

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश,  कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ ।

राति उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।           

सोमबार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ फागुन १५ गते (आइतबार)
दिउँसो:
देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । 

देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन १६ गते(सोमबार)

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली लगायत अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ फागुन १७ गते  (मङ्गलवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ३० बजे