​​​​​​​ प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी माथिको छलफल अघि बढाइने 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी माथिको छलफल अघि बढाइने भएको छ। यसका लागि सङ्घीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। 

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले १ः०० बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने कार्यसूची सार्वजनिक गर्नुभएको हो ।  

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले साढे ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीले एमसीसीको प्रस्ताव संसद्मा पेस गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : १२ बजे