डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

ओलीको उचाई झन् बढेको भन्दै माओवादी र नेकपा एस एमसीसी अनुमोदन गर्न तयार !

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी अनुमोदनमा सघाउन तयार भएका छन् । कांग्रेसले सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने भएपछि उनीहरु एमसीसी अनुमोदन गर्न तयार भएका हुन् । 

एमसीसीका सन्दर्भमा एकपक्षीय घोषणबाट संकल्प प्रस्ताव पारित गर्दै एमसीसी अनुमोदन गर्ने र गठबन्धन जोगाउने ढंगले छलफल भएको नेताहरुले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले सिंहदरवारमा नेकपा एसका शीर्ष नेतासँग छलफल पछि गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिकै बाटोबाट अघि बढ्ने बताए ।

पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नटुट्ने  र एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्ने बताए ।
प्रचण्डले ओलीको राजनीतिक उचाई झन् थपिएकोले गठबन्धन तोड्न नहुने बताए । 
उनले  भने– ‘ओली विरुद्ध गठबन्धन गरेर सरकारमा भएकाहरू एमसीसीको पक्ष वा विपक्ष भएर पालैपालो उनै ओलीको शरण पर्नजानुले एमालेको राजनीतिक भूमिकालाई नै उचो बनाइदिएको छ। कांग्रेस र माओवादीले यस्तो उचाइ केपी ओलीलाई नदिनु पर्थ्यो ।’

एमसीसीमा मध्यमार्ग हुँदैन : झलनाथ खनाल

​​​​​​​सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताए। एमसीसीमा मध्यमार्ग नहुने भन्दै उनले पक्ष र विपक्षमध्ये आफूहरु विपक्षमा रहेको बताए ।

शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘के के हुन् मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन् । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ०८ बजे