भोलिको संसद बैठकमा एमसिसीबारे छलफल हुने ​​​​​​(कार्यसूचीसहित)

​​​​​​​काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ। यसका लागि संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले १ बजे बस्ने बैठकमा एमसीसी विषयमाथि छलफल हुने कार्यसुची सर्वजनीक गर्नुभएको हो ।  

त्यसअघि सभामुख अग्नप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीले एमसीसीको प्रस्ताव संसदमा पेश गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : २५ बजे