अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको वडा नं ८ का दिवङ्गत वडाध्यक्षको स्मृतिमा खुल्ला भलिबल प्रतियोगिता आयोजना भएको छ ।
कोभिडको कारण दिवङ्गत भएका वडाध्यक्ष ईश्वरी प्रसाद भुसालको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको लुम्बिनी प्रदेशका पूर्व मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको थियो ।
प्रदेशसभा सदस्य समेत रहनुभएका आचार्यले बल सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।
वडा कार्यालयको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा सन्धिखर्क तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ७ : ३४ बजे
प्रतिक्रिया