दलित गाउँका पहिलो शिक्षक

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार : विदेशमन्त्री

मस्को – रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताउँनु भएको छ। राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको सो टिप्पणी आएको हो ।

"युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं," लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

रासस-एएफपी

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ०३ बजे