डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको बैठक सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।

शुक्रबार साँझ ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेताहरु बालकोट पुग्नुभएको थियो । शुक्रबार साँझ बालकोट पुग्नुभएका प्रधानमन्त्री देउवा र ओलीबीच बैठक बसेको थियो । 

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र पार्टीकाउपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुग्नु भएको थियो ।

सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गर्नुभएको प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुग्नुभएको थियो । एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : १४ बजे