प्रधानमन्त्री देउवा ओलीको निजी निवास बालकोटमा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा केपी ओलीको निजी निवास बालकोट पुग्नुभएको हो । देउवासँग सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष ओलीसँग वार्ता गर्न नेपाली कांग्रेसका अन्य नेताहरू समेत बालकोट जाँदै गरेको स्रोतले बताएको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ३४ बजे