‘अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता’

नौ वर्षपछि एमालेमै फर्किए गणेशमान गुरुङ

पोखरा – जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङ नेकपा एमालेमै फर्किनु भएको छ ।

जसपाका गण्डकी प्रदेश समिति इन्चार्जसमेत रहेका उहाँलाई आज एमाले अध्यक्ष केपी ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गर्नुभयो । त्यस कार्यक्रममा गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएको पनि बताउनु भयो ।

‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,’ जसपा छाडेर एमाले रोजेपछि गुरुङ ले भन्नुभयो, ‘पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता।’

अध्यक्ष ओलीले अबको जीवन देश र जनताका लागि भनेझैँ आफूहरुको अबको जीवन पनि एमालेका लागि भएको गुरुङले बताउनु भयो ।

कास्कीको धम्पुस निवासी गुरुङ यसअघि २०६९ साल एमालेमै थिए। तर अशोक राईसहितले छाडेपछि उहाँ पनि संघीय समाजवादी पार्टीतिर लागेका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : २४ बजे