‘नेशनल डे कन्सर्ट’ सम्पन्न

झा दम्पती हत्यामा संलग्न अभियुक्र सार्वजनिक  ः  शव लुकाएको बाकस र जलेका कपडा बरामद

महोत्तरी। प्रहरीले महोत्तरीको पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको थप  थप ३ जनालाई  सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पक्राउ परेका स्थानीय तरादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई सार्वजनिक गरेको हो।

कैलाशको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइराखेको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीले हत्यामा तीनै जनाको संलग्नता रहेको पाइएको बताएको छ । पक्राउ गरी सार्वजनिक गरिएका तिनै जना झा दम्पतीका आफन्तहरु हुन् । 
झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

गएको फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव एकमहिनापश्चात गएको बिहीबार  पीपरा गाउँपालिका २ अतरा जाने बाटोमा गाडेको अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : १४ बजे