‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुखबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाबीच संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान  करिब दुई घण्टा छलफल भएको हो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेका अनुसार सरकारको तर्फबाट तयार भएका विधेयक तथा संसद बैठकको प्रभावकारिता विषयमा छलफल भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग परामर्श गरी संसद बैठकलाई प्रभावकारी बनाउनेबारेमा पत्रकारलाई जानकारी गराउँदै आउनुभएको थियो । आफू दलका नेताहरुसँग पनि परामर्शमा रहेको उहाँले संसदीय मामिला पत्रकार समाजको कार्यक्रममा शनिबार प्रष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद विघटन र पुनस्र्थापनासम्म आइपुग्दा खासै राम्रो सम्बनध नरहेको सन्देश बाहिर गएकाबेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको छलफलले सम्बन्ध सुधारमा सहयोग पुगेको विश्वास उहाँको सचिवालयले गरेको छ ।

संसद पुनस्र्थापनापछि प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले पहिलो पटक आज भेट्नुभएको हो । 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : १८ बजे