‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सावधानीका उपायहरूको अवलम्बन गरी होली पर्व मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा(होली) को उपलक्ष्यमा  स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्नेभन्नुहँदै राष्टपतिले सन्देशमा विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको नेपाली समाजमा रङ्गहरूको पर्व फागुपूर्णिमाले समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले यस्ता पर्वले लोक संस्कृतिको प्रवर्द्धन गर्ने भन्दै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸ विसङ्गति¸ कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृति सहितको सभ्य¸ सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न सबैलाई उत्प्रेरित गरिरहोस् भन्दै शुभकामना व्यक्त गर्नुुभएको छ ।

सन्दशेमा राष्टपतिले विगत एक वर्षदेखि विश्‍वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड –१९) महामारी अझै टरिनसकेको भन्दै पूर्व सावधानीका उपायहरूको अवलम्बन गरी फागुपूर्णिमा पर्व मनाउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : १८ बजे