‘नेशनल डे कन्सर्ट’ सम्पन्न

थप ७७ जनामा कोरोना पुष्टि

काठमाडौँ, ८ चैत – पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । 

    यस अवधिमा थप तीन हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेका छन् ।     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६९ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।   

रासस

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ११ बजे