‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आफू सदैव पार्टी एकताको पक्षमा : झलनाथ खनाल

काठमाडौँ, १४ चैत – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।

झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो ।

भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक वैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो । उहाँले आफूहरु अदालतले गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र आगामी दिनमा पनि पार्टीको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर निरन्तर अघि बढीरहने धारणा राख्नुभयो । वरिष्ठ नेता नेपालले भन्नुभयो, पार्टीलाई एक बनाउने हो भने अध्यक्ष ओलीले विशेष पहल कदमीको थालनी छिट्टै शुरु गर्नुपर्छ ।

हिजोदेखि शुरु भएको भेला आज सकिएको छ । भेलामा करिव ८५ जना केन्द्रीय सदस्यको सहभागिता रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : १५ बजे