‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्थानीय तह शहिद स्मृति फुटबलः संकटासँग पुलीस पराजित

मकवानपुर, १ चैत ।  हेटौंडामा जारी तेस्रो संरकरणको स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप प्रतियोगितामा संकटा क्लब काठमाडौँसँग विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएको छ । 

हेटौंडा–१० स्थित फरेस्ट्री खेल मैदानमा भएको खेलमा संकटा क्लब काठमाडौँले बिभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गरेको हो । 

संकटाका तर्फबाट जर्सी नम्बर २१ को लेहो कालेफले गरेको गोल नै खेलामा निर्णय कबनेको थियो । 

प्रतियोगितामा संकटा क्लब काठमाडौका जर्सी नम्बर–८ का नितिन थापो म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद १० हजार प्राप्त गथरेका थिए । 
प्रतियोगितामा आज बागमती युवा क्लब सर्लाही र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ । 

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन । भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद हात पार्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । 

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुरका स्थानीय तहहरुको प्रायोजनमा जारी प्रतियोगिताको फाइनल खेल चैत ७ गतेका दिन हुने छ । 
 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : १० बजे