‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक तीन दिने आवासीय तालिम सुरु 

भक्तपुर । ‘ सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक तीन दिने आवसीय  लेखन तालिम आजबाट सुरु भएको छ । 

भक्तपुरको बोडेमा सुरु भएको तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । 

तालिममा प्रदेश सांसद दिपक निरौला, प्रा.डा. प्रेम सागर चापागाईं, डा.कुन्दन अर्याल, अमरध्वज लामा, मिलन धरेल, मदन भण्डारी फाउन्डेसनका सचिव पेम्बा लामा, कोशाध्यक्ष चिन्तामणी भट्टराई लगायतले प्रशिक्षण दिनुहुनेछ । 

तालिमको पहिलो दिन आज फाउण्डेशनका सचिव पेम्बा लामाले लेखन सम्बन्धी प्रारम्भिक तालिम दिनुहुनेछ । सचिव लामाले तालिमबाट पत्रकारिता लेखनका लागि थप सहयोग पुर्याउने बताउनुभयो । 

आजबाट सुरुभएको  तालिम १६ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १२ : १२ बजे