‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘प्रदेश सांसदको चेतना अभिवृद्धि नभएसम्म कानूनको तर्जुमामा कठिनाइ’

मकवानपुर, ८ चैत्र – वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाले सरकारलाई आवश्यक पर्ने ऐन कानूनको तर्जुमा गरिएको भए पनि बहुसङ्ख्यक प्रदेशसभाको सदस्यको चेतना अभिवृद्धि नभएसम्म पर्याप्त कानून तर्जुमा गर्ने कार्यमा कठिनाइ उत्पन्न भएको छ भन्नुभयो ।   

वाग्मती प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको तेस्रो वार्षिकोत्सवको समारोहमा उहाँले राष्ट्रिय सरोकारको विषयमा बन्ने विधेयकमा पर्याप्त समयका साथ छलफल हुन नसक्दा प्रदेशलाई आवश्यक कतिपय विधेयक संसद्मा विचारधीन रहेको उल्लेख गर्नुभयो । सभामुख श्रेष्ठले प्रदेशका जनताको लागि आवश्यक पर्ने शान्ति सुरक्षा, मानवअधिकारको प्रत्याभूति गर्ने र प्रेस स्वतन्त्रताको सूचनासम्बन्धी विधेयकलाई नयाँ सोचका साथ व्यवहारिकताका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई विभिन्न समितिले निर्देशित गरिएको पनि बताउनुभयो । उहाँले प्रदेशसभाको स्थापनाकालदेखि अहिलेसम्म विभिन्न ५९ विधेयक पारित गरी प्रमाणीकरण भइसकेको र अब ३२ नयाँ विधेयक ल्याउन सरकारले तयारी गरिरहेकामा जोड दिनुभयो । 

वाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले प्रदेशसभाले तर्जुमा गरेको ऐन कानूनको विषयमा व्यावहारिक पक्षलाई कार्यान्वयन गर्नेतर्फ अहिले सम्बन्धित निकायको बीचमा छलफल भइरहेको बताउँदै प्रदेश सरकारले आवश्यकताअनुसार माग गरेको कानूनी सल्लाह र विभिन्न अदालतमा परेका मुद्दाको सरकारको तर्फबाट बहस पैरबी गर्दै आएको पनि उल्लेख गर्नुभयो । सो अवसरमा प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई उहाँले पु¥याउनुभएको कानूनी योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो ।

रासस

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : ५९ बजे