‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ११ बजे बैठक बोलाइएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा शुक्रबार राति निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिक रुपमा बैठक बोलाइएको हो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।  मस्तिष्कघात भएर गत फागुन १४ देखि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको निधन भएको हो।

नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ०८ बजे