‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्न सुरु गरिसक्नुभो : महन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेकोले सत्रा साझेदार हुनसक्ने खुलासा गर्नुभएको छ ।  

शुक्रबार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ठाकुरले  प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएर केही कार्यहरु सुरु गरीसक्नुभएको  बताउनुभयो ।

प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँलेले मधेशको मुद्दामा प्रधानमन्त्री ओली धेरै सकारात्मक रहेको बताउनुभयो। कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको ठाकुरले बताउनुभयो । 
 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ३ : ३० बजे