साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

बिरामी बोक्ने एम्बुलेन्सबाट १ सय किलो गाँजा सहित दुई जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-२ स्थित सडकबाट एम्बुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.१ च ५५५९ नम्बरको एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १ : ५८ बजे