‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सरकारले कोरोनाबिरुद्धको १ करोड़ डोज भ्याक्सिन खरिद गर्दै

काठमाडौं – सरकारले कोरोना भाइरस विरुद्धको  एक करोड डोज खोप खरिद गर्न पहल थालेको छ ।

सरकारले स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्दै बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिद गर्न पहल थालेको हो। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप र बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकासँग ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल अनुसार नेपाल सरकारले कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्नुपर्ने बाँकी १५ लाख ७२ हजार डोज खोप उपलब्ध गराइदिन ठूला दाता मुलुकहरू आग्रह गरिसकेको छ । परराष्ट्र मन्त्रालयले कूटनीतिक च्यानल मार्फत विभिन्न खोप उत्पादक कम्पनीलाई चिठी पठाउनुका साथै आफ्ना राजदूतहरूलाई तदारुकताका साथ लाग्न निर्देशन समेत दिइसकेको छ  ।

सरकारले भारतको सेरम इन्स्टिच्युट बाहेक थप चार कम्पनीलाई खोपका लागि पत्राचार गरिसकेको छ भने जोन्सन एन्ड जोन्सनले सकारात्मक जवाफ पठाएको छ । जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप एक डोज लगाए पुग्नेछ।

भारतीय कम्पनी सेरमले पुससम्म कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने बताएपछि सरकारले बेलायत र अमेरिका सँग खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको हो  ।

भारतसँग नेपालले खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको  खोप अझै आउन बाँकी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : २७ बजे