‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बालुवाटारमा बोलाइएको एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्षपनि सहभागी हुने

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद पनि सहभागी हुनुहुने भएका छन्।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरुले हालसम्म लिएका अडान कायमै राख्ने तर पार्टीको संसदीय दलको बैठकमा जाने औपचारिक निर्णय गरेको हो।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी हुनुहुने भएको हो । दिउँसो ३ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको छ ।  

यसअघि ३८ सांसद बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुनुभएको थिएन । यसअघि चैत्र  ५ गते प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले बोलाउनुभएको बैठकमा जाने्नजाने विषयमा माधव पक्षमा विवाद भएको थियो।

नेपाल पक्षले बालुवाटार जान निस्केका आफ्ना सांसदलाई बीच बाटोबाटै फर्काएको थियो।

संसदीय दलको बैठकमा जानु अघि नेपाल समूहका नेताहरुले आज छुट्टै बैठक गर्नुभएको थियो । 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : ५१ बजे