विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप १२ सांसदलाई एमालेले सोध्यो स्पष्टिकरण

काठमाडौँ । नेकपा एमालेले थप १२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने ११ सांसदलाई पार्टी सदस्यबाट निष्कासन गर्दै बाँकी १२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । उनीहरुलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन समय दिइएको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्नेमध्ये एमालेका २३ सांसद छन् ।

रिट दायर गर्ने सांसदमा खनाल–नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् ।

बैठकले यीमध्ये ११ सांसदलाई पार्टी सदस्यबाट नै निष्कासन गर्दै बाँकी १२ जनालाई २४ घण्टाभित्र स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ११ बजे