काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज बसेको निष्कासन गरेको छ ।
एमालको आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासिनत गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका प्रत्यक्ष तर्फका सांसद झलनाथ,माधव र भीम रावल र समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई पार्टीगतिविधि गरेको आरोपमा निष्कासन गरेको हो ।
प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ७ : ४५ बजे
प्रतिक्रिया