विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चक्रवातको असर मङ्गलवारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  पूर्वी मध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलवारदेखि नेपालका विभिन्न भू–भागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलवारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

सो प्रणालीका कारण मङ्गलवार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मङ्गलवारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

देशका धेरै स्थानमा बुधवारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

यो मौसममा मेघ गर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ३ : ११ बजे