विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । 

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको हो  ।

बैठकमा पार्टीका आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा बारेमा छलफल हुने बताइएको छ । 

यसअघि शनिवार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदलाई स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण दिने समय आज बिहान सकिएको छ, तर ११ जना सांसदलाई अहिलेसम्म स्पष्टीकरण  बुझाएका छैनन् ।  

आजको बैठकमा ११ जना सांसदहरुमाथि थप कारवाहीको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : ३८ बजे