‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बाँकेमा निषेधाज्ञा एक साता लम्बियो

​​​​​​​नेपालगन्ज ।  बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ १० गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ १७ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा कोभिड(१९ संक्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञा जेठ १७ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।  

नेपालगन्ज उपमहानगरपालिकामा भने बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो । 

वैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना तयार गरी समन्वयत्मक रुपले परिचालित हुने निर्णय गरेको छ । 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : ३९ बजे