विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हामी चुनावका पक्षमा छौँः राप्रपा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ ।जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको  समाधान खोज्न सकिने जनाउँदै  राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ ।

राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘कोरोना महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न भने खडा भएको छ । महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन ।’

संविधान, विधि र कानूनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा जोड दिँदै पार्टीले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । राप्रपाले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि  अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : २१ बजे