विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

म कति बाच्छु त्यो ठुलो कुरा भएन,लोकतन्त्र सधैँ बाच्नु पर्छ,  निर्वाचन निष्पक्ष हुन्छ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्तिक २७ गते र मङ्सिर ३ गते हुने निर्वाचन निश्पिक्ष र शान्तिपूर्ण ढँगले हुने बताउनुभएको छ । आज बालुवाटारमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तकृया कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले  निर्वाचनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सुपरिवेक्षक साथै सिसि क्यामरा र ड्रोनको समेत प्रयोग गरिने बताउनुभयो । ‘निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुनेछ ।’उहाँले बन्नुभयो । उहाँले लोकतन्त्रलाई जिताउनु आफ्नो  कर्तव्य भएको बताउँदै भन्नुभयो, ‘म कति बाच्छु त्यो ठुलो कुरा भएन लोकतन्त्र सधैँ बाच्नु पर्छ ।’उहाँले थप्नुभयो,‘मेरो पार्टी र मैले जित्नु नजित्नु ठुलो कुरा हैन, लोकतन्त्रले जित्नु पर्छ ।’ 

निर्वाचनका लागि सरकारले मन्त्री बनाउने कुरामा फराकिलो ढँगले सोच्ने बताउँदै प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सरकार बनाउँदा पनि  संवैधानिक बाटोबाट मात्र बन्नेछ ।’ प्रधानमन्त्री ओलीले अब आउने बजेट अध्यादेशबाट आउने बताउनुभयो । औपचारिक ढँगले कार्यक्रम  गरी  बजेट आउने भन्दै प्रधानमन्त्रीले बजेट सस्तो लोकप्रियताको नआई कोभिड केन्द्रीत आउने बताउनुभयो । ‘चुनावको परिणाम आइसकेपछि पनि काम गर्न सक्ने गरी आउँछ, देशको अर्थतन्त्रप्रति गैर जिम्मेवार ढङ्गबाट बजेट आउँदैन ।’ बजेटमा विकासका साह्रै ठुला आकाङ्क्षा नराखिन बताउँदै प्रधानमन्त्री ओलीले आफूले यस अघि घोषणा गरेका कार्यक्रम भने समेटिने बताउनुभयो ।  
प्रधानमन्त्री ओलीले निर्वाचन अगाडी सम्पूर्ण जनतालाई खोप लगाइसक्ने गरी सरकारले काम गरिरहेको पनि बताउनुभयो । 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ०१ बजे