विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विपक्षी गठबन्धनका शीर्ष नेता अदालत जाँदै

काठमार्डाैँ । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित रिट निवेदन लिएर विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका हुन । 

दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन समेत दिएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १ सय ४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ । 

यसअघि शनिबार नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव– बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेका थिए।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : ३८ बजे