‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 विपक्षी दलसँग साँठगाँठ गर्ने झलनाथ र माधवसहित ११ सांसदमाथि एमालेले थाल्यो कारबाही

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गर्ने ११ तत्कालिन सांसदलाई स्पष्टिकरण सोधेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टी विरोधी गतिविधि गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको हो ।
 बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । स्पष्टीकरण सोधिनेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ०१ बजे