‘एउटै नाउरको सिकार गर्न २३ लाख’

निषेधाज्ञा उल्लंघन गरेर सडकमा निस्कन नदिन गृह मन्त्रालयको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएको हो ।

सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुनअनुसार कारबाही गर्नसमेत गृहले निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरूसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समीक्षा भएको र यसलाई अझ सशक्त बनाउनेबारे थप निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ३६ बजे