साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रीमतीलाई हतियार प्रहार गरी घाइते बनाउने पक्राउ

झापा – आफ्नै श्रीमती ३६ वर्षीया झड्कन राजबंशीलाई धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा भद्रपुर नगरपालिका-९ प्वाँतुबारी बस्ने ४१ वर्षीय देव कुमार राजबंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राजबंशीले घरायसी बिवादमा आफ्नै श्रीमती झड्कनलाई दाउ प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घोडामारा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते झड्कनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ०३ बजे