थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ जनाको मृत्यु

काठमाडौँ –  नेपालमा आज थप ८ हजार ९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टा  २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोहि अवधिमा ८८४८ जना संक्रमणमुक्त भइ घर फर्किसकेका छन् ।  

मन्त्रालय अनुसार हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै  पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यो सँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ५ : ०९ बजे